चीन र पाकिस्तानबारे बोले नवनियुक्त भारतीय सेना प्रमुख

चीन र पाकिस्तानबारे बोले नवनियुक्त भारतीय सेना प्रमुख


नयाँ दिल्ली – भारतका नवनियुक्त सेनापति जनरल मनोज मुकुन्द नरवणेले भारतीय सेनाले पाकिस्तानजत्तिकै चीनलाई पनि ध्यान दिनु जरुरी रहेको बताएका छन् ।

मंगलबारबाट कार्यकाल सुरु गरेका उनले बुधबार भारतको सीमा जोडिएका चीन र पाकिस्तान उत्तिकै महत्वपूर्ण भएको बताएका हुन् ।

‘विगतको समयमा हामीले पश्चिमी मोर्चामा बढी ध्यान दियौ । तर, उत्तरतर्फ पनि उत्तिकै ध्यान दिन आवश्यक छ,’ उनको भनाई थियो, ‘ यसैले हामी उत्तरी सीमा र हाम्रो उत्तरपूर्वी क्षेत्रमो क्षमता विकास गर्नतर्फ जोड दिनु आवश्यक छ ।’

सीमा विवाद समाधान हुन बाँकी नै रहेको बताउँदै सीमामा शान्ति स्थापना गर्न भारत सफल भएको पनि उनले बताए ।

भारतीय सेनाको आधुनिकीकरण आफ्नो प्रमुख प्राथमिकता भएको पनि उनले बताए ।