चीनलाई झट्का : साई इंग–वेन बनिन् पुनः ताइवानको राष्ट्रपति

चीनलाई झट्का : साई इंग–वेन बनिन् पुनः ताइवानको राष्ट्रपति


ताइपेई – ताइवानमा पुन साई इंग वेन राष्ट्रपति निर्वापचित भएकी छन् । शनिबार भएको राष्ट्रपति चुनावमा ताइवानी जनताले पुनः साई इंग वेनलाई निर्वाचित गरेर चीनलाई झट्का दिएका छन् । ५७ प्रतिशत अर्थात ८० लाख भन्दा बढी मत हासिल गरेपछि जीतको घोषणा गर्दै साइले चीनलाई चेतावनी समेत दिएकी छन् ।

साइले भनेकि छन्, “मतदाताले पुनः मलाई निर्वाचित गरेर स्पष्ट पारेका छन् कि बेइजिङ ताइवानका लागि खतरा हुन बन्द गरोस् । शान्तिको अर्थ यो हो कि चीनले ताइवानमा बल प्रयोग गर्ने धम्की दिन छोडोस् । मलाई आशा छ कि लोकतान्त्रिक ताइवान तथा हाम्रो लोकतान्त्रिक रुपमा निर्वाचित सरकार खतरा तथा धम्की स्वीकार गर्दैन भन्ने चीनले बुझोस् ।”

रिपोर्टका अनुसार शनिबार साझसम्म जारी भोटको गन्तीमा उनको मुख्य प्रतिद्वन्द्व खान ग्वो यीले ३८ प्रतिशत मत मात्रै प्राप्त गरेकि छन् । कुओमिनटांग पार्टीकी खान ग्वोले आफ्नो प्रचारमा चीनसँगको तनााव कम गर्ने प्रतिबद्धता व्यक्त गरेकि थिइन् । जबकी डेमात्र्याटिक प्रोग्रसिभ पार्टीकी साइले आफु चीनसँग नजिकको सम्बन्ध नचाहने स्पष्ट पारेकि थिइन् ।

रिपोर्टका अनुसार साइको जीतले यो प्रमाणित गरेको छ कि उनको चुनावी अभियानले मानिसलाई चीनको उद्देश्यबाट तीव्र रुपमा सावधानी गरेको छ । यसैगरी यसबाट चीनको अर्ध स्वायत्त क्षेत्रको स्वतन्त्रताका लागि आवाज उठ्नेछ र हङकङमा पनि प्रदर्शनले गती लिनेछ ।