चीनमा भ्रष्टाचार विरुद्ध कडा कमद चाल्दै चिनियां राष्ट्रपति सी जिनपिङ

चीनमा भ्रष्टाचार विरुद्ध कडा कमद चाल्दै चिनियां राष्ट्रपति सी जिनपिङ


बेइजिङ – चिनियाँ राष्ट्रपति सी जिनपिङले भ्रष्टाचार विरुद्ध अझै कठोर कदम चाल्ने चेतावनी दिएका छन् । देशको शीर्ष अनुशासनात्मक निकायको वार्षिक योजना बैठकमा सोमबार बोल्दै उनले ‘भ्रष्टाचार विरुद्ध पूर्ण युद्धको प्रतिज्ञा गरेका हुन् । बैठकमा चिनियां कम्युनिष्ट पार्टीका शीर्ष नेताहरू सहभागी थिए ।

बैठकमा उनले सधै दृढता र लगनशीलता कायम राख्नुपर्ने भन्दै भ्रष्टाचार विरुद्धको कठिन, दीर्घकालीन र पूर्ण युद्धमा दृढतापूर्वक लड्नुपर्ने धारणा राखेको सिसिटिभीले जनाएको छ ।

चीनमा राष्ट्रपति सी सत्तामा आएसंगै भ्रष्टाचारविरुद्ध व्यापक अभियान सञ्चालन गरेका थिए । उनको यो नीतिलेस्वच्छ शासनलाई बढावा दिने चिनियांहरुको दावी छ । सीले पार्टी,सरकार र शीर्ष सैन्य अधिकारीलाई समेत अनुशासनको दायरामा ल्याएर कार्वाही गरेका छन् ।

चीनमा दुई जना पूर्व रक्षामन्त्री,पार्टीका शिर्ष नेताहरु र चीनको शक्तिशाली केन्द्रीय सैन्य आयोगका सदस्य एडमिरल मियाओ हुआ समेत भ्रष्टाचार विरुद्धको व्यापक कारबाहीमा हालसालै परेका थिए । उनले आफु निकटलाई समेत यसमा माफी दिन नसकिने भन्दै कार्वाही गरेका छन् ।

सीले सोमबार भ्रष्टाचारलाई कम्युनिस्ट पार्टीका लागि ‘सबैभन्दा ठूलो खतरा’ भन्दै ‘भ्रष्टाचार विरुद्धको लडाइँ अझै गम्भीर र जटिल रहेको धारणा राखेका थिए ।