चीनको विश्लेषण : विश्वको नजर नेपालमा परेको छ

चीनको विश्लेषण : विश्वको नजर नेपालमा परेको छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीकाे एक उच्च राजनीतिक टोलीले नेपालको भूराजनीतिक महत्व विश्वमा नै बढ्दै गएको र विश्वको नजर यहाँ परेको विश्लेषण गरेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री को ईचोउ नेतृत्व टोलीले उच्चस्तरीय राजनीतिक भेटघाटमा यस्तो धारणा ब्यक्त गरेको हो। एक अर्काप्रति विश्वासको वातावरण नै अहिलेको अन्तराष्ट्रिय मामिलाको प्रमुख चुनौती रहेको बताउदै त्यसमा दुवैपक्ष सतर्क रहनुपर्नेमा समेत चिनियाँ टोलीले धारणा राखेको छ।

छिमेकको पछिल्लो राजनीतिलाई चीनले निकै नजिकबाट नियाल्दै आएको उल्लेख गर्दै भनेका छन्, ‘नेपालको विकास र स्थायीत्वका लागि उच्चतम सहयोग गर्न चीन सधै तयार छ।’ चिनियाँ टोलीले नेपाल नयाँ चरणमा प्रवेश गरेको भन्दै विश्वासको आधारमा नयाँ ढंगले सम्बन्धलाई थप मजबुद बनाएर अघि बढाउन पर्ने उल्लेख गरेको चिनियाँ दूतावासले जनाएको छ।

नेपाल भ्रमणमा रहेका उक्त राजनीतिक टोलीले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादबसँग छुट्टा छुट्टै भेटेको छ। ईचोउले भेटहरुमा नेपालसँग चीनको कहिल्यै अन्त नहुने मित्रता रहेको भन्दै यस क्षेत्रको शान्ति, स्थायीत्व र समृद्धिका लागि चीन र नेपाल मिलेर धेरै गर्न सकिने समेत उल्लेख गरे। विश्व समुदायसँग दलीयस्तरमा सम्बन्ध राख्ने चिनिया नीति अन्तर्गत टोली आएको बताइएको छ। यस्तै, तीन महिनाअघि सम्पन्न पार्टी महाधिवेसनका निर्णयबारे दलका शीर्ष नेतालाई जानकारी गराउने उद्देश्य पनि टोलीको रहेको छ। सबै उच्चस्तरीय भेटघाटमा चिनियाँ राजदूत यु होङलगायत अधिकारीहरु उपस्थिती थिए। उनले प्रधानमन्त्री केपी ओलीलाई चीन भ्रमणको निम्तो पनि दिएका छन्।

चिनियाँ टोली नेपाल भ्रमणमा आएकै दिन साँझ एमाले र माओवादीबीच सात बुँदे सहमति समेत भएकाले उनीहरुको भ्रमणलाई निकै चासोका साथ हेरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय मामिला हेर्ने ब्यक्ति र भेटघाटको श्रृंखला हेर्दा उनीहरुको सक्रियता आँकलन गर्न सकिने एक विज्ञले बताए। उनीहरुले भेटघाटमा पनि सहमतिबारे चासो देखाएका थिए। प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालसँगको भेटघाटमा उनीहरुले कम्युनिष्टहरु बीचको समहति र सहकार्य हुनुपर्ने धारणा राखेका थिए। भेटवार्तामा सात बुँदे सहमतिपछिको राजनीतिक घटनाक्रम तथा चीन र नेपालबीच आपसी सहयोगबारे छलफल भएको दाहालको सचिवालयले जनाएको छ।

राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि पार्टी एकता गर्ने निर्णयमा दुबै पार्टी पुगेको जानकारी दाहालले गराएको माओवादी सचिवालयले जनाएको छ। यो सहमति नेपालको विकास र स्थायीत्वको लागि ऐतिहासिक परिघटना भएको समेत दाहालले उल्लेख गरेका थिए। चिनियाँ नेताले कम्युनिष्ट दलहरु एक भएकोमा खुशी ब्यक्त गर्दै त्यसको स्वागत समेत गरेका थिए। चिनियाँ नेताले उक्त एकताले मुलुकको राजनीतिक स्थायीत्व र विकासमा साच्चै धेरै काम हुने समेत बताएका थिए।

चिनियाँ नेता ईचोउले नेपालको विकासमा सहयोग पुर्‍याउन चीनले नेपालकै प्रस्ताव पर्खिरहेको भन्दै प्रधानमन्त्री ओलीसमक्ष धारणा व्यक्त गरेको एक अधिकारीले बताए। टोलीले सोही विषय पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवालाई पनि सुनाएका थिए। ईचोउले छोटो समयमा ऐतिहासिक निर्वाचनहरु गराएर मुलुकलाई स्थिरतातर्फ लगेकोमा खुशी ब्यक्त गर्दै देउवालाई चीन भ्रमणको निम्तो दिएको देउवाका सल्लाहकार दिनेश भट्टराईले बताए। उनले माओवादी अध्यक्ष दाहाल र फोरम अध्यक्ष आदबलाई समेत चीन भ्रमणको निमन्त्रणा दिएका छन्। टोली बुधबार बेइजिङ फर्कने छ। आज कान्तिपूरमा खबर छ ।