काठमाण्डु – चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हे नेपालको एक दिने औपचारिक भ्रमणमा नेपाल आइपुगेका छन् ।
उनले भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचण्द्र थापा लगायत राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा बादलले स्वागत गरे । सो अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको समेत उपस्थिति थियो ।
प्रतिक्रिया