भारतको दबावको बावजूत अन्ततः हम्बनटोटा पुग्यो चिनियां जासूसी जहाज

भारतको दबावको बावजूत अन्ततः हम्बनटोटा पुग्यो चिनियां जासूसी जहाज


काठमाण्डु– भारतको विरोधका बावजूत चिनियां जहाज अन्ततः श्रीलंका पुगेको छ । भारतभन्दा ७ सय माइल टाढा रहेको श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा चिनको युआन वाङ ५ जहाज सोमबार पुगेको हो । चीनको जासूसी जहाज अगस्ट २२ सम्म हम्बनटोटामा रहनेछ ।

चीनको खतरानक जासूसी जहाजको विषयलाई लिएर भारतले श्रीलंका सरकारसंग आपत्ति जनाएको थियो । श्रीलंकाको विदेशमन्त्रालयले कोलोम्बोस्थित चिनियां दूतावासलाई उक्त जहाज अन्तै लिन आग्रह गरेपनि अन्ततः जहाजलाई अनूमति दिन श्रीलंका तयार भएको हो ।

भारतले ब्यालेस्टिक मिसाइलको ट्रयाक गर्न सक्ने भन्दै चिन्ता जनाएको थियो । बेलायतको अखबार डेली मिररले सबैभन्दा पहिला उक्त जहाज हम्बनटोटा पुग्न लागेको समाचार सार्वजनिक गरेको थियो । स्याटेलाइटबाट लैस यो जहाजसंग इन्टर कण्टिनेन्टल ब्यालेस्टिक मिसाइल समेत पत्ता लगाउने सक्ने क्षमता छ ।

२३ हजार टन केजीको यो जहाजमा ४ सय सेना बस्ने सक्ने नवभारत टाइम्सले जनाएको छ । यसमा विभिन्न प्रकारका सेन्सरहरु जडान गरिएका हुन्छन् । भारतले यसैलाई लिएर सुरक्षाको कारण देखाउंदै उक्त जहाजको अनुमति नदिन श्रीलंकालाई दबाव दिएको थियो ।

भारतको उडिसामा हुने मिसाइल टेस्टबारे समेत यसले पत्ता लगाउन सक्ने क्षमता छ । त्यसलाई लिएर भारतले आफ्नो सुरक्षा चिन्ता जनाएको थियो ।

चीनले श्रीलंकामा ठुला विकास परियोजनामा लगानी गरेको छ । हम्बनटोटा पोर्टमा मात्र चीनले १.४ बिलियन डलर लगानी गरेको छ । श्रीलंकामा जहाज रोक्न प्रयास गरेपछि उसले भारतप्रति संकेत गर्दै चिनियां वैज्ञानिक खोजको सफलता नहोस भन्ने चाहेको आरोप लगाएको थियो ।

त्यसका लागि यसले श्रीलंका र चीनबीचको आपसी सहयोग प्रभावित गर्न सक्ने चेतावनी समेत उसले दिएको थियो ।