काठमाण्डु- काठमाडौंमा चिनियाँ नयाँ वर्ष मनाइएको छ । नेपालस्थित चिनियाँ दूतावासले विभित्र सांस्कृतिक कार्यक्रमसहित आइतवार नयाँ वर्ष मनाएको हो । कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, उपसभामुख इन्दिरा राणालगायतको उपस्थिति थियो ।
त्यस अवसरमा चिनियाँ संस्कृति झल्काउने कला प्रस्तुत गरिएको थियो ।
यस्तै, चिनियाँ जनजीवन झल्काउने सांस्कृतिक नृत्य, गीतसंगीत समेत प्रस्तुत गरिएको थियो । यसअघि काठमाडौँको टुँडिखेलमा पनि चिनियाँ नयाँ वर्षको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।
प्रतिक्रिया