चिनियां राष्ट्रपतिले तमिलनाडुबाट भारत भ्रमण सुरु गर्ने,नेपाल बसाई ९ घण्टा 

चिनियां राष्ट्रपतिले तमिलनाडुबाट भारत भ्रमण सुरु गर्ने,नेपाल बसाई ९ घण्टा 


वेइजिङ– चिनियां राष्ट्रपति सि जिनफिङ्ग र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेट अक्टोम्बरमा हुने निश्चित भएको छ । 

चिनियां राष्ट्रपतिले तमिलनाडुमा रहेको ममल्लापुरमबाट आफ्नो भारत भ्रमणको सुरुवात गर्ने तयारी गरेका छन् । यो ऐतिहासिक शहर चेन्नईबाट नजिक रहेको छ । 

भारत चीन दोस्रो अनौपचारिक शिखर सम्मेलनमा सहभागी हुन चिनियां राष्ट्रपति पांच दिने भ्रारत भ्रमणमा आउंदैछन् ।  भारितय प्रधानमन्त्री मोदीले अक्टोम्बर ११ देखी १३ सम्म दक्षिण भारतको यो ऐतिहासिक शहरमा सीको स्वागत गर्नेछन् । दुवै नेताबीच औपचारीक वार्ता र द्धिपक्षिय हितका विषयमा समेत छलफल हुनेछ ।  गत वर्षको अप्रिलमा दुवै नेताबीच चीनको वुहानमा भेटवार्ता भएको थियो । वुहान  र ममल्लापुरम दुवै युनेस्कोको सम्पदा सुचींमा समेत सुचिकृत शहर हुन् । 

ममल्लापुरममा २०१८ मा भारतले डिफेन्स एक्स्पो समेत आयोजना गरेको थियो । उक्त एक्स्पोको उद्घाटन समेत भारतिय प्रधानमन्त्री मोदीले गरेका थिए । चिनियां राष्ट्रपति सिको भ्रमणको तयारीको लागी केन्द्र सरकार र प्रदेश सरकार जुटिसकेको भारतिय संचारमाध्यमले जनाएका छन् । 

चिनियां राष्ट्रपति भारतको भ्रमण सकेर नेपाल भ्रमणमा आउने तयारीमा छन् । सीले भारतको वनारसबाट भ्रमण सुरु गर्ने भनिएतापनि सुरक्षाको कारण स्थान परिवर्तन गरिएको बताइएको छ । सी अक्टोम्बर १५ मा नेपाल भ्रमण गरेर चीन फर्कने कार्यक्रम रहेको स्रोतको दावी छ । 

यो पनि पढ्नुहोस्-

चिनियां विदेशमन्त्रीबाट खुल्दै उच्चस्तरीय भ्रमणको ढोका