चाडपर्वमा चिनी अभाव हुँदैनः साल्ट ट्रेडिङ

चाडपर्वमा चिनी अभाव हुँदैनः साल्ट ट्रेडिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– साल्ट ट्रेडिङ कर्पोरेशनले आसन्न तिहार छठ तथा नेपालसंवत् पर्वलाई लक्षित गरी थप चिनी भित्र्याउन सुरु गरेको छ ।

यस क्रममा बुधबार कर्पोरेशनले भारतबाट ५० किलोग्रामका दुई हजार दुई सय बोरा चिनी वीरगञ्जस्थित आफ्नो गोदामघरमा भित्र्याएको जनाएको छ ।

कर्पोरेशनले थप चिनीको परिणाम भित्रिन सुरु भएकाले आसन्न पर्वहरू एवं अन्य समयमा पनि चिनीको अभाव नहुने जनाएको छ ।