काठमाडौं – तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ कम्युुनिष्ट पार्टी विदेश विभागका प्रमुख सोङ ताओ स्वदेश फर्किएका छन् ।
नेकपा विदेश विभागका प्रमुख माधवकुमार नेपालको निमन्त्रणामा सोमबारबाट काठमाडौंमा सुरु हुने दुई दिने चिनियाँ कम्युनिस्ट पार्टी र सत्तारुढ नेपाल कम्युनिस्टको अन्तक्र्रिया कार्यक्रमका लागि नेपाल आएका ताओ दुई दिने प्रशिक्षण कार्यक्रम सकेर नेकपासँगको समझदारीपत्रमा हस्ताक्षरपछि बुधवार बेइजिङ फर्किएका हुन् ।
ताओलाई बुधवार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपा स्कूल विभागका उपप्रमुख बेदुराम भुसाल र विदेश विभागका उपप्रमुख विष्णु रिजालले बिदाइ गरेका हुन् । सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छी पनि उपस्थित थिइन् ।
प्रतिक्रिया