काठमाण्डु- हेटौंडा क्याम्पसले छात्रामाथि दुव्र्यवहार गर्ने २ जना कार्यालय सहयोगीलाई निलम्बन गरेको छ । स्नातक तह दोस्रो वर्षको परीक्षा दिन हेटौंडा क्याम्पस पुगेका २ छात्रालाई चीट चेक गर्ने बहानामा महिनावारी भएका छात्राको प्याडसहित कपडा खोल्न लगाउने २ जना कार्यालय सहयोगीलाई हेटौंडा क्याम्पसले निलम्बन गरेको हो ।
घटना सार्वजनिक भएसँगै आक्रोशित विद्यार्थीहरू सत्यतथ्य छानबिन र दुव्र्यवहार गर्ने कर्मचारीलाई कारवाहीको माग गर्दै आन्दोलित बनेका थिए । त्यसपछि विद्यार्थी पक्ष र क्याम्पस प्रशासनबीच भएको वार्तामा विद्यालय प्रशासनले अबदेखि त्यस्ता कमजोरी हुन नदिने र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको थियो ।
विद्यालय प्रशासको प्रतिबद्धता अनुसार ती दुई कर्मचारीलाई अब कुनैपनि परीक्षामा सहभागि हुन नपाउनेगरी निलम्बन गर्ने , अब बाकी अन्य परीक्षालाई भयरहित बनाउने, क्याम्पसको पठनपाठन शान्तिपूर्वक सञ्चालन गर्ने तथा परिक्षा दिन आएका विद्यार्थीहरूलाई विभिन्न समयमा अभद्र व्यवहार भएको भन्ने गुनासोको सबालमा ३ दिन भित्र प्रतिवेदन सार्वजनिक गरि दोषीलाई कारबाहीको सिफारिस गर्न छानविन समिति निर्माण गर्ने सहमति भएको जनाइएको छ ।
प्रतिक्रिया