चितवनमा रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप, २० प्रहरी घाइते

चितवनमा रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप, २० प्रहरी घाइते


काठमाण्डु– चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थक र प्रहरीबीचको झडप भएको छ । जिल्ला प्रहरी कार्यलय अगाडि रास्वपा समर्थकले प्रदर्शन गरेपछि प्रहरीले लाठी चार्ज गर्नुका साथै पानीका फोहरा र अश्रुग्यास प्रहार गरेको हो ।

प्रदर्शनकारीको ढुंगा लागेर २० भन्दा बढी प्रहरी घाइते भएको चितवनका एसपी गौतम मिश्रले बताए । प्रहरी देखेपछि रास्वपा समर्थकले ढुंगा हान्न थालेपछि प्रहरीले बल प्रयोग गर्नु परेको उनको भनाई रहेको छ ।

केहीबेर तितरबितर रवि समर्थकले फेरि प्रहरी कार्यालय अघि आएर नाराबाजी सुरु गरेका छन् ।