श्रम शक्ति बेचेर समृद्धि आउँदैन : नेता केसी

श्रम शक्ति बेचेर समृद्धि आउँदैन : नेता केसी


गलकोट – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवाको श्रमशक्ति विदेशमा बेचेर समृद्धि नआउने बताएका छन् ।

बागलुङ जिल्लाको गलकोटमा शुक्रबार आयोजित राष्ट्रिय जनमोर्चाको छैठौँ जिल्ला सम्मेलनमा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता केसीले देशका कर्णधार युवा शक्तिलाई सरकारले स्वदेशमा नै रोजगारी सिर्जना गर्ने खालका योजना ल्याउनुपर्ने बताए ।

राणा, पञ्चायत र राजतन्त्र फालेर आएको लोकतन्त्रले पनि जनताका समस्या समाधान गर्न नसकेको भन्दै अहिलेको सरकारले युवा स्वरोजगार लक्षित कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

नेता केसीले सरकारले एकाधिकार, भ्रष्टाचारविरुद्धको अभियान थालेपनि टुङ्गोमा पु¥याउन नसकेको आरोप लगाउँदै नेपालमा विदेशी हस्तक्षेप हाबी भएकाले आफ्नो पार्टीले यसको प्रतिवाद गर्ने बताए ।