काठमाण्डु – राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाद्वारा लिखित ‘सहकारी सञ्चालनमा व्यवहारिक ज्ञान’ पुस्तक विमोचन भएको छ।
शुक्रबार राष्ट्रिय सहकारी महासंघको ३२ औं वार्षिक साधारण सभाको अवसरमा राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाद्वारा लिखित ‘सहकारी सञ्चालनमा व्यवहारिक ज्ञान’ पुस्तक विमोचन भएकाे हाे ।
महाप्रबन्धक सुब्बाले छोटो समयमै पुस्तक तयार गरिएको जानकारी गराउँदै सहकारी क्षेत्रमा आवश्यक थप सामग्री तयार पार्ने प्रतिबद्धता व्यक्त गरिन् । ‘सहकारीमा सैद्धान्तिक विषयमा मात्र बहस हुने गरेको छ । व्यवहारिक पक्षमा बहसको अभाव भएकाले मैले यो पुस्तकमा व्यवहारिक पक्ष समेट्न प्रयास गरेकी छु’, महाप्रबन्धक सुब्बाले भनिन् ।
उनले भनिन्, ‘सैद्धान्तिक ज्ञान भन्दा व्यवहारिक ज्ञान महत्वपूर्ण हुन्छ भन्ने मेरोजीवनको महत्वपूर्ण सिकाई हो। सुब्बाको यो दोस्रो पुस्तक हो । यसअघि ‘सहकारीमा २५ वर्षः भोगाइ र अनुभव’ शीर्षकको पुस्तक प्रकाशित गरेकी थिईन ।
प्रतिक्रिया