बस र माइक्रो बस ठोक्किँदा चार जनाको मृत्यु

बस र माइक्रो बस ठोक्किँदा चार जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलो भन्ने ठाउँमा बस र माइक्रो बस ठोक्किँदा चार जनाको मृत्यु भएको छ ।

आज बिहान करिब ३ बजेतिर भएको दुर्घटनामा मृत्यु हुने सबै माइक्रोबसमा सबार रहेको प्रहरीले जनाएको छ ।

मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा प्र ०६–००१ज ०२९८ नम्बरको विद्युतीय माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको बा प्र ३–००१ ख २८१२ नम्बरको बस आपसमा ठोक्किएको हो ।

माइक्रोबसमा सवार गोरखा आरुघाट– १ मान्बु बस्ने वर्ष ४० का राज बहादुर गुरुङ, नामथर वतन नखुलेकी अन्दाजी ४० वर्षकी एक महिला, अन्दाजी ३०–३५ वर्षका दुई पुरुषको मृत्यु भएको हो ।

त्यस्तै दुर्घटनामा परेकामध्ये थप दुई जना घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । बसमा सवार चार जना भने सामान्य घाइते भएका छन् ।

यता, झापाको गौरीगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । हुलाकी सडकको पश्चिम गौरीगञ्ज बजारमा मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रोशन मगर र सवारीधनी श्याम राजवंशीलाई उपचारका लागि अस्पताल लगिएकामा त्यसक्रममा एक जनाको मृत्यु भएको उनले बताए ।