काठमाण्डु-नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रवार बिहान भएको दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या पाँच पुगेको छ । अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
मुग्लिनबाट नारायणगढतर्फ आइरहेको माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा माइक्रो बसमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका चालक, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा प्र ०६–००१ज ०२९८ नम्बरको विद्युतीय माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको बा प्र ३–००१ ख २८१२ नम्बरको बस आपसमा ठोक्किएको हो ।
आज बिहान करिब ३ बजेतिर भएको दुर्घटनामा मृत्यु हुने सबै माइक्रोबसमा सबार रहेको प्रहरीले जनाएको छ ।
घाइते पाँच जनामध्ये दुई जनाको भरतपुर अस्पताल र तीन जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया