चितवन – चितवन जिल्लाका ग्रामीण भेगका बालबालिकाको मुटु परीक्षण अभियान सञ्चालन गरिइएको छ । बालबालिकामा मुटुको समस्या भएर भविष्यमा जटिलता उत्पन्न नहोस् भन्ने उद्देश्यले लायन्स क्लब अफ चितवन र नेपाल हर्ट फाउण्डेसन भरतपुर शाखासँगको सहकार्यमा मुटु अस्पतालले अभियान अघि बढाएको हो ।
अस्पतालका कार्यकारी प्रमुख डा शङ्कर लौडारीका अनुसार गएको पुसयता हालसम्म सात विद्यालयका तीन हजार पाँच सय जनाको निःशुल्क मुटु परीक्षण गरिसकिएको छ । तीमध्ये १५ जनामा मुटुको बाथरोग, १३ जनामा मुटुको जन्मजात समस्या देखिएको छ । तिनीहरूमध्ये चार जनाको शल्यक्रिया गर्नुपर्ने भएको उनले जानकारी दिए ।
अभियानका क्रममा औषधि निःशुल्क वितरण गरिएको थियो भने शल्यक्रियाका लागि सहजीकरण गरिएको छ । बछ्यौली, शिक्षा विकास , मालपुर , ब्रम्हपुरी , समिपुर र झुवानी मावि सहित स्काइराइडर बोर्डिङ स्कुलमा परीक्षण गरिएको हो । तीमध्ये सबैभन्दा बढी समिपुरमा चार जनामा समस्या देखिएको थियो ।
प्रतिक्रिया