महाअभियोग प्रकरण : चोलेन्द्रसँग आज पनि बयान लिँदै समिति

महाअभियोग प्रकरण : चोलेन्द्रसँग आज पनि बयान लिँदै समिति


काठमाण्डु – महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणसँग बयान लिँदै छ ।महाअभियोग सिफारिस समितिको बैठक मध्यान्ह १२ः ३० बजे सिंहदरबारमा बस्न लागेको हो ।

आजको बैठकमा पनि निलम्बित प्रधानन्यायाधीश जबराले बयान दिने कार्यसूची रहेको समितिका सदस्य लालबाबु पण्डितले जानकारी दिए ।

समितिले तयार पारेको ४२ प्रश्नमध्ये जबराले अहिलेसम्म ११ वटा प्रश्नको जवाफ दिइसकेका छन् । तर ,उनले प्रश्नको उत्तरमा भन्दा आफ्ना सहकर्मी न्यायाधीशहरु र राजनीतिक दलका शीर्ष नेतालाई आरोप लगाउन मै समय खर्च गरिरहेका छन्।

प्रधानन्यायाधीश राणाविरूद्ध २०७८ फागुन २१ गते ९८ सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए । फागुन २२ गते प्रतिनिधि सभाले महाअभियोगबारे छानबिन गर्न ११ सदस्यीय समिति गठन गरेको थियो ।