आज चाेलेन्द्र शमशेरले सर्वाेच्च फर्किने तयारी गरेपछि बारको आकस्मिक बैठक सुरू

आज चाेलेन्द्र शमशेरले सर्वाेच्च फर्किने तयारी गरेपछि बारको आकस्मिक बैठक सुरू


काठमाण्डु –  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने तयारी गरेपछि उनलाई राेक्ने रणनीति तय गर्न नेपाल बार एसाेसियसनकाे आकस्मिक बैठक अहिले बसिरहेकाे छ । बारको बैठक केन्द्रीय कार्यालय रामशाहपथमा अहिले बैठक बसिरहेकाे छ ।

चोलेन्द्रविरुद्ध महाअभियोग लगाउन ९ वटा आधार र कारण लगाउन संसदीय सिफारिस समितिले प्रतिवेदन बुझाएको भोलिपल्ट जबरा सर्वोच्च फर्किने तयारीमा लागेका हुन् ।

आफूमाथि छानबिन गरिरहेको संसदको आयु नै गएरातिदेखि सकिएको हुँदा महाअभियोग स्वत: निष्क्रिय भएकाले राणाले फर्किने जानकारी सर्वोच्च प्रशासनलाई गराइसकेको छ । यद्यपि सरकारले प्रहरी लगाएर उनलाई रोक्ने प्रयासमा लागेको छ ।