चोलेन्द्रकाे निवासमा पुग्याे मानधअधिकार आयोगको टोली 

चोलेन्द्रकाे निवासमा पुग्याे मानधअधिकार आयोगको टोली 


काठमाण्डु – निलम्बित प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरालाई निवासमै नजरबन्दमा राखेपछि राष्ट्रिय मानधअधिकार आयोगको टोली उनको निवासमा पुगेको छ।

सञ्चारमाध्यमहरुमा जबरालाई नजरबन्दमा राखेको बताएपछि आयोगले अनुगमनका लागि सहसचिवको नेतृत्वमा टोली पठाएको हो।

प्रधानन्यायाधीश जबराले आफू माथिको महाअभियोगको कारबाही टुंगो नलाग्दै नियमित काममा फर्किन लागेको सूचना सर्वोच्चमा पठाएको भन्ने समाचार सार्वजनिक भएसँगै उनलाई सर्वोच्चमा छिर्न नदिन बाक्लो मात्रमा सुरक्षकर्मीहरु समेत खटाइएको थियो। जबराको निवासमा समेत बाहिरबाट ताला लगाएर प्रहरी तैनाथ गरिएको थियो ।

संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि जबरा निलम्बनमा परेका थिए । गएराति १२ बजेबाट सांसदको कार्यकाल सकिएपछि महाअभियोग निस्क्रिय भएको जनाउँदै उनले आजबाट काममा फर्कने तयारी गरेका थिए ।