महाभियोग सिफारिस समितिको बैठक: बिहीबार पनि जबराको बयान लिइने

महाभियोग सिफारिस समितिको बैठक: बिहीबार पनि जबराको बयान लिइने


काठमाण्डु- महाभियोग सिफारिस समितिको बैठक बिहीबार बस्ने गरि स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोगबारे छानबिन गर्न बनेको उक्त समितिको बैठक बिहीबार ११ बजे फेरि बस्नेगरी स्थगित भएको हाे ।

उनलाई समितिले बयानका लागि आज बोलाएको थियो । बैठकमा समितिका सदस्यहरुले सोधेका विभिन्न प्रश्नहरुको जबराले बयान दिएका थिए । आज समितिमा बयान नसकिएपछि भोलि पनि जबरालाई बोलाइने भएको जनाइएको छ ।

महाअभियोग सिफारिस समितिले लिखित र मौखिक गरी जबरासँग ४३ वटा प्रश्नावली तयार पारेको थियो । उनीविरुद्ध गत १ फागुनमा संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।