प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेरविरूद्ध उजुरी आह्वान

प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेरविरूद्ध उजुरी आह्वान


काठमाडौं – संसदीय सुनुवाइ समितिले सोमबार सूचना जारी गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरूद्ध उजुरी आह्वान गरेको छ । जबराविरूद्ध पुस ११ गतेसम्म उजुरी दिन सकिने समितिले जनाएको छ।

यसअघि गत बिहिबार बसेको संवैधानिक परिषदको बैठकले जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गर्दै सुनुवाइ गर्न समितिलाई पत्राचार गरेको थियो। सोही पत्राचारमाथि छलफल गर्दै समितिले प्रधानन्यायाधीशमा सिफारिस जबराविरूद्ध उजुरी आह्वान गरेको हो।

प्रधानन्यायाधिशमा सिफारिस जबराविरुद्ध आह्वान गरिएको उजुरीको म्याद सकिएपछि समितिले उजुरीकर्तासँग आवश्यक छलफल गर्छ। समिति सभापति लक्ष्मणलाल कर्णले उजुरीकर्ताको उजुरीउपर छलफल गरेपछि तत्काल प्रधानन्यायाधीशमा सिफारिस जबरासँग सुनुवाइ हुने बताए।