झापा – जिल्लाको अर्जुनधारा नगरपालिका–१० चिसापानी बस्ने प्रेम प्रसाद न्यौपानेको घरबाट कोही नभएको अवस्थामा ढोकाको ताला फोडेर नगद २ लाख रूपैयाँ तथा सुनका विभिन्न गरगहना समेत गरी करीब १० लाख रूपैयाँ बराबरको धनमाल बिहीबार राति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया