घरको कोठाबाट ४ तोला सुन चोरी

घरको कोठाबाट ४ तोला सुन चोरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मोरङ र बाँके जिल्लामा चोरीका घटना भएका छन् ।

मोरङको बूढीगंगा गाउँपालिका–१ टंकी चोक डेरा गरी बस्ने सर्लाहीको कौडेना गाउँपालिका–५ घर भएका ३० वर्षीय मोहनबाबु यादवको कोठाबाट ४ तोला बराबराको सुनका गरगहना सोमबार राति चोरी भएको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२ बसपासर्क रोड नजिकै रहेको केशवराज अधिकारीको अधिकारी इलेक्ट्रोनिक पसलबाट विभिन्न इलेक्ट्रोनिकका सामानहरू गरी करीब १ लाख ९४ हजार ५०० रूपैयाँ बराबरको धनमाल मंगलबार बिहान चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।