चोरीको मोटरसाइकल सहित दुई जना पक्राउ

चोरीको मोटरसाइकल सहित दुई जना पक्राउ


काठमाडौं- प्रहरीले चोरीको मोटरसाइकल सहित  दुई जनालाई पक्राउ गरेको छ ।  तारकेश्वर नगरपालिका–४ गोलढुंगा बस्ने ललितपुर मंगलबजार घर भएका २८ बर्षीय कान्छा लामा र धादिङबेसी घर भएका २८ बर्षीय बिक्रम लामालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई मंगलबार प्रहरीले काठमाडौँ महानगरपालिका–१६ बालाजु वाईपासबाट बा‍.३२प.७२३३ नम्वरको एफजेट मोटरसाइकल सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।