प्रदेश न १ को मुख्य न्यायधिवक्तामा आर्चाय सिफारिस

प्रदेश न १ को मुख्य न्यायधिवक्तामा आर्चाय सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश न १ को मुख्य न्यायधिवक्तामा वरिष्ठ अधिवक्ता चुडामणि आर्चायलाई सिफारिस गरेका छन् । प्रदेश न १ का मुख्यमन्त्री शेरधन राईले मुख्य न्यायधिवक्तामा आर्चायलाई सिफारिस गरेका हुन् ।

नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम आचार्यलाई मुख्य न्यायधिवक्तामा नियुक्तिका लागि सिफारिस गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

उच्च अदालतका न्यायाधीशसरह मर्यादा र सुविधा पाउने मुख्य न्यायधिवक्ता प्रदेश सरकारको कानूनी सल्लाहाकार हो । मुख्य न्यायधिवक्तामा सिफारिस भएका आचार्य २०४६ सालमा अधिवक्ता भएका थिए भने २०७४ सालमा वरिष्ठ अधिवक्ता भएका थिए ।