चुडांमणी शर्माको घरमा बम विस्फोट गर्ने प्रयास

चुडांमणी शर्माको घरमा बम विस्फोट गर्ने प्रयास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- भ्रष्ट्राचारको आरोपमा मुद्दा खेपिरहेका आन्तरीक राजस्व विभागका महानिर्देशक चुडामणी शर्माको  घरमा बम विस्फोट गराउने प्रयास भएको छ । शर्माको बुढानिलकण्ठस्थित घरको गेटमा आइतबार राती २ वटा सिलिन्डर ग्यास  पड्काउने तयारी भएको प्रहरीले जनाएको छ ।

 

 

काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुककाअनुसार शर्माको घरको गेटमा २ वटा सिलिन्डर ग्यासमा आगो लगाउने प्रयास भएको छ । आइतबार राती १ बजेतिर उक्त घटना भएको धानुकले बताए ।

 

 

शर्माकी छोरीले राती घरको गेटबाहिर शंकास्पद गतिविधी भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेकी थिईन । शर्माको गेटमा सिलिन्डर राखेर पड्काउने प्रयास भएको सूचनाको आधारमा प्रहरी घटनास्थलमा पुगेर समयमै आगो निभाएकाले कुनै क्षति हुन पाएन ।  

 

 

घटनाबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रमुख धानुकले बताए । स्रोतकाअनुसार प्रहरीले सिसिटिभी क्यामराबाट भिडियो फुटेज प्राप्त गरिसकेको छ । घटनामा पांच जना संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।