लालपूर्जा बनाउन १० हजार घुस लिने अमिन पक्राउ

लालपूर्जा बनाउन १० हजार घुस लिने अमिन पक्राउ


काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले लालपूर्जा बनाउन १० हजार रुपैयाँ घुस लिने सिरहाका अमिन दिपरन्जन यादवलाई पक्राउ परेको छ ।

सिरहाको नापी कार्यालय लहानमा कार्यरत अमिन दिपरन्जन यादवले जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा बर्दिवासबाट खटिई गएको टोलीले उनलाई पक्राउ गरेको हो ।

अमिन यादवलाई सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस बापतको रकम लिइसकेको अवस्थामा रकमसहित नापी कार्यालय लहानबाट बुधवार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।