जनकपुर परिषद्का अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

जनकपुर परिषद्का अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालीन अध्यक्ष दिगम्बर रायसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

परिषदबाट रंगभूमि मैदान, गंगासागर र तिरहुतीया गाछी संरक्षण लगायतका विभिन्न आठवटा ठेक्कामा ७६ लाख २८ हजार ५ सय २ भ्रष्टाचार भएकाे भन्दै अख्तियारले बिहीबार तत्कालीन दुई कार्यकारी निर्देशक, प्रोजेक्ट इन्जिनियर र ठेकेदारका दुई जना प्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले ठेक्का नम्बर १ मा ९ लाख ८५ हजार ८ सय ३८, ठेक्का नं. २ मा ३ लाख ५४ हजार ९५ गरी कुल ७६ लाख २८ हजार ५ सय २ रुपैयाँ भ्रष्टाचार भएकाले असुल हुनपर्ने दाबी गरेको छ।