भारतीय नागरिक मेहराविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा आरोपपत्र दायर

भारतीय नागरिक मेहराविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा आरोपपत्र दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा भारतीय नागरिक अनुप मेहराविरुद्ध आरोपपत्र दायर गरेको छ ।

अख्तियारले आज बिहीबार विज्ञप्ति जारी गरी आरोपपत्र दायर गरेको जनाएको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार विशेष अदालत काठमाण्डुमा विचाराधीन रहेको वादी नेपाल सरकार र प्रतिवादी टीकाराम ज्ञवाली समेत भएको गैरनेपाली नागरिकलाई नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री वितरण गरी भ्रष्टाचार गरेको आरोप छ ।

नेपाल सरकारको नाममा आउनुपर्ने जग्गाहरू भूमि सुधार कार्यालय नवलपरासीका तत्कालीन भूमिसुधार अधिकारीलाई प्रलोभनमा पारी, मिलेमतो गरी गलत कागजातका आधारमा कानून विपरीत ३ परिवार संख्या कायम गरी गैरकानूनी निर्णय गर्न लगाएको, सोही निर्णयलाई कार्यान्वयन गराउन मालपोत अधिकृत समेतलाई अनुचित प्रभावमा पारी मिलेमतो गरेको र लामो समयदेखि हदबन्दी रोक्का रहेको जग्गा भूमिसुधार कार्यालयले हदबन्दी फुकुवा गर्ने निर्णय गरेको आरोप छ ।

मेहराविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिमको कसूरमा ५ करोड ५ लाख ४२ हजार रुपैयाँ बिगो रकमसहित विशेष अदालत काठमाण्डुमा बिहीबार आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।