अख्तियारका पदाधिकारीको ७ दिनको तलब प्रकोप उद्धार कोषमा सहयोग

अख्तियारका पदाधिकारीको ७ दिनको तलब प्रकोप उद्धार कोषमा सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीले ७ दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा सहयोग गर्ने भएका छन् ।

आयोगका प्रवक्ता भोला दाहालले जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पका कारण मृत्युवरण गर्ने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै घाइते र पीडितका लागि आयोगका तर्फबाट सहयोग उपलब्ध गराइने जानकारी दिए ।

अन्य विभिन्न सरकारी र गैरसरकारी संघसंस्थाका पदाधिकारीले समेत भूकम्प पीडितका लागि सहयोग गरिरहेका छन् ।