चूडामणि शर्मा विरुद्धको मुद्दा हारेपछि सर्वाेच्च अदालत पुग्यो अख्तियार

चूडामणि शर्मा विरुद्धको मुद्दा हारेपछि सर्वाेच्च अदालत पुग्यो अख्तियार


काठमाण्डु – आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माविरुद्ध विशेष अदालतमा दायर मुद्दा हारेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

विशेषले गरेको फैसला चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

सर्वोच्चमा आईतबार पुनरावेदनको निवेदन दिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । विशेष अदालतले चूडामणि शर्माले भ्रष्टाचार गरेको भन्ने आयोगको आरोपमा ‘दाबी नपुग्ने’ ठहर गरेको थियो ।

चूडामणि शर्मा र उनकी श्रीमती कल्पना उप्रेती शर्माबारे विशेष अदालतले गत जेठ १८ गते गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने आयोगको ‘दाबी नपुग्ने’ ठहर गरेको छ ।