सेक्युरिटी प्रेस प्रकरणमा विकल र सुनिल पौडेल दाजुभाइ अख्तियारद्वारा पक्राउ

सेक्युरिटी प्रेस प्रकरणमा विकल र सुनिल पौडेल दाजुभाइ अख्तियारद्वारा पक्राउ


काठमाण्डु – नेपाल टेलिकमका पूर्व कार्यकारी निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

दाजुभाइ समेत रहेका दुवैलाई सुरक्षण मुद्रण केन्द्रको भ्रष्टाचार प्रकरणमा छानबिनका लागि पक्राउ गरिएको छ । अख्तियारको टोलीले मण्डिखाटारस्थित विकल पौडेलको घर र शान्तिनगरस्थित सुनिल पौडेलको घरमा आकस्मिक अनुगमन गरेको छ ।

२०८० असोज १५ गते सुनिल पौडेल लगायत व्यक्तिविरुद्ध अख्तियारले २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो भने २०८० बैशाखमा विकल पौडेल समेत विरुद्ध करीब ७० करोड रुपैयाँ बिगो माग दाबीसहित मुद्दा दायर गरेको थियो ।