घुस लिएको आरोपमा वडाध्यक्ष कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

घुस लिएको आरोपमा वडाध्यक्ष कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाण्डु – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष क्षेत्रीविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

वडाध्यक्ष कार्कीले घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा वडाध्यक्ष कार्कीले घरबाटो सिफारिस गर्ने भन्दै सेवाग्राहीसँग घुस माग गरी लिएको पुष्टि भएपछि ५ लाख रुपैयाँ बिगो कायम गर्दै आयोगले विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरेको आयोगका सहसचिव एवं प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए ।