१५ लाख घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१५ लाख घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाण्डु – काभ्रेको बनेपा नगरपालिका–९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

१५ लाख रुपैयाँ घुससहित पक्राउ परेका बादेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा उनी माघ ३ गते घुस रकमसहित पक्राउ परेका थिए ।

आयोगको टोलीले अध्यक्ष बादेको साथबाट जापानी रुपैयाँ १० हजार र अमेरिकी डलर १०० रुपैयाँ बरामद गरेको थियो ।