मेलम्चीको पेश्की दुरुपयोगमा पूर्व सचिव भीम उपाध्यायसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मेलम्चीको पेश्की दुरुपयोगमा पूर्व सचिव भीम उपाध्यायसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाण्डु – मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्व सचिव भीम उपाध्याय र सञ्जय शर्मासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आईतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भ्याटबाहेक ७ अर्ब ७२ करोड रुपैयाँमा ठेक्का सम्झौता गर्दा सम्झौता विपरीत कानूनले तोकेभन्दा बढी पेश्की मोबिलाइजेसन गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।

आयोगले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रुद्रसिंह तामाङविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । तामाङ हाल अध्यागमन विभागका महानिर्देशक छन् ।

सचिवहरू क्रमशः शर्मा, उपाध्याय, गजेन्द्रकुमार ठाकुरविरुद्ध आयोगले क्रमशः ६ करोड ९७ लाख ८३ हजार १७८ रुपैयाँ ९६ पैसा, ४ करोड ११ लाख ३४ हजार २७९ रुपैयाँ ९२ पैसा र ६० करोड ४९ लाख १९ हजार ८८४ रुपैयाँ ३१ पैसा बिगो सहितको मागदाबी लिएको छ ।