साझेदारी वनमा भ्रष्टाचार गरेको आरोपमा प्रदेश सांसदसहित १९ जनाविरुद्ध मुद्दा दायर

साझेदारी वनमा भ्रष्टाचार गरेको आरोपमा प्रदेश सांसदसहित १९ जनाविरुद्ध मुद्दा दायर


काठमाण्डु – साझेदारी वनमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश सांसदसहित १९ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

गौतमबुद्ध साझेदारी वनमा व्यवस्थापन समितिको अध्यक्ष रहँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले राप्रपा लुम्बिनी प्रदेश सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

यादवसँग २९ लाख १२ हजार १९३ रुपैयाँ बिगो, जरिवाना र कैद सजाय माग गरी विशेष अदालतमा आज मंगलबार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

आर्थिक वर्ष २०७४/७५ र आर्थिक वर्ष २०७५/७६ मा ३७ हजार क्युफिट काठ काटेर ठेक्का स्वीकृति गर्ने क्रममा वन कर्मचारीहरूसँग मिलेमतो गरी यादव समेतले भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।

मुद्दा दायर भएकामा तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, तत्कालीन डिभिजनल वन अधिकृत दुर्गाबहादुर कार्की लगायत रहेका छन् ।