लाखौं भ्रष्टाचारमा मुछिएका प्रशासकीय अधिकृतसहित ७ जनालाई सफाइ

लाखौं भ्रष्टाचारमा मुछिएका प्रशासकीय अधिकृतसहित ७ जनालाई सफाइ


काठमाण्डु – लाखौंको भ्रष्टाचार मुद्दामा विशेष अदालतले कोटहीमाई गाउँपालिकाका प्रशासकीय अधिकृतसहित ७ जनाले सफाइ पाएका छन् ।

रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ मा भएको भ्रष्टाचार सम्बन्धी मुद्दामा विशेष अदालतले सोमबार सफाइ हुने फैसला गरेको छ ।

दानव नदीको सिपाहा नाकाबाट नदीजन्य पदार्थको उत्खनन् सम्बन्धी ठेक्कामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले प्रमाण नपुग्ने भन्दै सफाइ दिएको छ ।

गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरे, इन्जिनीयर मोहम्मद नरुल हुसेन तथा ठेक्का लिने कम्पनीका सञ्चालकहरू जीवन श्रीवास्तव, कमलेश प्रसाद बर्मा, जयप्रकाश लाल श्रीवास्तव, अशोक कुमार दुवे र संदीप कुमार त्रिपाठीले सफाइ पाएका छन् ।

अख्तियारले ४३ लाख ७० हजार रुपैयाँ भ्रष्टाचार भएको भन्दै गत वर्ष मुद्दा दायर गरेको थियो ।