मन्त्रीहरू मुछिएको टेरामक्स भ्रष्टाचारबारे अख्तियार प्रमुखले भने – रिजल्ट आउनसक्छ

मन्त्रीहरू मुछिएको टेरामक्स भ्रष्टाचारबारे अख्तियार प्रमुखले भने – रिजल्ट आउनसक्छ


काठमाण्डु – सरकारका मन्त्रीहरू मुछिएको टेरामक्स भ्रष्टाचार प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अनुसन्धान सकिएको बताएका छन् ।

आज मंगलबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा प्रमुख राईले बयानको अनुसन्धान र विश्लेषण भइरहेको बताए ।

‘अनुसन्धान करीब–करीब अन्तिम अवस्थामा पुगेको जानकारी गराउन चाहन्छु । केही समयभित्रै रिजल्ट आउनसक्छ,’ उनले भने ।

नेपाल दूरसञ्चार प्राधिकरणले अवैध कल वाइपासको अनुगमन गर्न खरिद गर्न लागेको टेरामक्स प्रविधिमा भ्रष्टाचार भएको भन्दै अख्तियारले छानबिन गरिरहेको छ ।

खरिद प्रकरणमा तत्कालीन सञ्चारमन्त्रीका हैसियतमा निर्णय प्रक्रियामा सहभागी भएको भन्दै अख्तियारले बहालवाला स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र तत्कालीन सञ्चार सचिव रहेका हालका मुख्यसचिव बैकुण्ठ अर्यालसँग बयान लिएको छ ।

मन्त्रीहरू नै मुछिएको टेरामक्स प्रकरणलाई सबैले चासोका साथ हेरिरहेका छन् ।