भवन बनाउँदा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन मेयरसहित ५ जनाविरुद्ध मुद्दा दायर

भवन बनाउँदा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन मेयरसहित ५ जनाविरुद्ध मुद्दा दायर


काठमाण्डु – सिराहा जिल्लाको कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख (मेयर) गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि भएको ठेक्कामा अनिमियतता गरेको अभियोगसहित बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

आरोप पत्रमा पासवानसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रविन कुमार महतो र निर्माण व्यवसायी महालक्ष्मीरपाण्डे एण्ड कम्पनीरड्रागन जेभीका प्रतिनिधि वैजनाथ यादवलाई भ्रष्टाचारको आरोप लगाइएको छ ।

अख्तियारले १ करोड ८ लाख रुपैयाँ बिगो मागदाबी पनि गरेको छ । पासवान स्थानीय तह निर्वाचमा माओवादी केन्द्रबाट विजयी भएका थिए ।