पर्यटन विकास आयोजनाका सव–इन्जिनीयर १७ हजार घुससहित पक्राउ

पर्यटन विकास आयोजनाका सव–इन्जिनीयर १७ हजार घुससहित पक्राउ


काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाण्डुका २ सव–इन्जिनीयरलाई १७ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

सव–इन्जिनीयरद्वय राजन कुमार भट्टराई र संजय अर्यालले निर्माण कार्यसम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग १७ हजार रुपैयाँ घुस/रिसवत लिएको अवस्थामा अख्तियारले पक्राउ गरेको हो ।

प्राप्त सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले सव–इन्जिनीयरद्वय भट्टराई र अर्याललाई घुस लिइसकेको अवस्थामा काठमाडौं महानगरपालिका–३१ अन्तर्गत पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाण्डुस्थित कार्यकक्षबाट पक्राउ गरेको छ ।

शुक्रबार दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले विज्ञप्तिमार्फत जनाएका छन् ।