नक्कली प्रमाणपत्र पेश गरेर नियुक्ति लिएको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर

नक्कली प्रमाणपत्र पेश गरेर नियुक्ति लिएको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर


काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाण पत्रका आधारमा नियुक्ति लिएको आरोपमा महोत्तरीका १ जना शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले राष्ट्रिय प्राथमिक विद्यालय धमौरामा कार्यरत राहत शिक्षक अशोककुमार साहविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

साहले कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालय, कामेश्वरनगर दरभंगा बिहार, भारतबाट नवीन उत्तर मध्यमा तह उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेश गरी राहत कोटामा नियुक्ति खाएको अख्तियारको ठहर छ ।

२०६९ कात्तिक २५ गतेदेखि लागू हुने गरी शिक्षक अनुदान कोटा (राहत) मा नियुक्ति लिई हालसम्म कार्यरत रही ओहदा, लाभ र सुविधा प्राप्त गरेको भन्दै उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन् ।