मुख्यसचिव अर्याल विरुद्धको मुद्दा अदालत पुग्यो, दर्ता भएलगत्तै स्वतः निलम्बन हुने

मुख्यसचिव अर्याल विरुद्धको मुद्दा अदालत पुग्यो, दर्ता भएलगत्तै स्वतः निलम्बन हुने

File Photo

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्याललगायत विरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालत पुर्‍याएको छ ।

अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा मुख्यसचिव अर्याल लगायतलाई आरोपी बनाएर अख्तियारले मुद्दा दर्ता गर्दैछ ।

अख्तियारका अधिकृतहरू आरोपपत्र दर्ताका लागि अदालतमा फाइलसहित पुगेका छन् । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार अख्तियारबाट प्राप्त फाइल अध्ययनपछि दर्ता गरिनेछ । मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएलगत्तै उनी स्वतः निलम्बनमा पर्नेछन् ।

सेक्युरिटी प्रिन्टिङ सेन्टरले २०७९ असोज ४ गते आन्तरिक राजस्व विभागका लागि अन्तःशुल्क स्टिकर छाप्न टेन्डर आह्वान गरेकोमा २०७९ मंसिर २६ गते प्रिन्टसेल प्रालिले ठेक्का पाएको थियो । अख्तियारको अनुसन्धानले ठेक्कामा भ्रष्टाचार भएको ठहर गरेको छ ।