काठमाण्डु – जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) ललितकुमार बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरेको छ ।
बुढाथोकीले सवारीसाधनलाई आवतजावत गर्न सहजीकरण गरिदिएबापत २५ हजार रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ ।
आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले सई बुढाथोकीलाई सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया