वडाध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वडाध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको धनकौल गाउँपालिका–६ का वडाध्यक्षसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

धनकौल गाउँपालिकास्थित कृषि बाटो निर्माणमा ७ लाख ७९ हजार २०५ रुपैयाँ हिनामिना गरेको अभियोगमा वडा नम्बर ६ का वडाध्यक्ष श्यामबाबु साहसहित ९ जनाविरुद्ध सोमबार आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

उनका अनुसार धनकौल गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्णमोहन प्रसाद साह, इञ्जिनीयर उपेन्द्रप्रसाद साह, सहायक पाँचौं मोहम्मद रफिक, सबइञ्जिनीयर शशिरञ्जन कुमार सिंह, लेखापाल अभयकुमार साह र उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह र कोषाध्यक्ष सुरतीया कुमारीविरुद्ध आरोपपत्र दायर गरिएको छ ।

आर्थिक वर्ष २०८०/८१ को प्राविधिक इष्टिमेट बमोजिम काम नगरी मिलेमतोमा कामभन्दा बढी खर्च देखाइ तोकिएको शर्त सम्झौताविपरीत फिल्डमा भएको वास्तविक कार्यभन्दा बढी काम गरेको नापी किताब, कार्य सम्पन्न प्रतिवेदनमा देखाई, गलत प्रतिवेदन समेत दिई झुट्टा बिल भरपाइ बनाइ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।