५० हजार घुससहित सिंचाइका इन्जिनियर अख्तियारको फन्दामा

५० हजार घुससहित सिंचाइका इन्जिनियर अख्तियारको फन्दामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोेखरा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिंचाई विकास डिभिजन कार्यालय कास्कीका इन्जिनियर गोविन्द भूर्तेललाई घुससहित पक्राउ गरेको छ।

 

 

अख्तियारको क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले इन्जिनियर भूर्तेललाई ५० हजार घुससहित बुधबार पक्राउ गरेको हो।

 

 

नहर सम्पन्न भएको कार्य अनुभव पत्रका लागि ५० हजार घुस लिँदै गर्दा उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।