काठमाण्डु – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले इसेवा, खल्ती जस्ता डिजिटल वालेट र बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङबाट हुने ठगीका घटनाबाट जोगिन प्रयोगकर्तालाई सजग रहन सूचित गरेको छ ।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले शुक्रबार प्रेस विज्ञप्ति जाररी गर्दै मोबाइल बैंकिङ तथा डिजिटल वालेटको प्रयोग गर्नेबारे सुझाव दिएका छन् ।
सीआईबीले पछिल्लो समय विभिन्न सामाजिक सञ्जाल फेसबूक, इन्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, मेसेन्जर, भाइबर, इमो लगायत प्लेटफर्मबाट बोलेको भन्दै अपरिचित नम्बरबाट मेसेज वा कल गरी ठगी गर्ने कार्य बढेकाले सर्वसाधारणलाई सचेत गराएको छ ।
हेर्नुहोस् विज्ञप्ति –
प्रतिक्रिया