१७ जना नक्कली डाक्टर सीआईबीको फन्दामा

१७ जना नक्कली डाक्टर सीआईबीको फन्दामा


काठमाडौं– नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजधानी काठमाडौंका ५ अस्पतालमा छापा मारेको छ।

 

सीआईबी एपोलो अस्पताल, चाइना गेटवाल, चाइना पिपुल, निजामती अस्पताल, चाइना डेन्टलमा छापा मार्दा १७ डाक्टर तथा सञ्चालकलाई सोमबार पक्राउ गरेको छ।

 

ब्यूरोका प्रवक्ता जीवनकुमार श्रेष्ठका अनुसार टोलीले मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चका सहयोगमा अस्पतालमा छापा हानेको हो।

 

काउन्सिलको अनुमति नलिई विभिन्न अस्पतालमा डाक्टरको रुपमा काम गर्दै आएकालाई सीआईबीले पक्राउ गरेको हो।

 

नेपालमा चिकित्सकको रुपमा काम गर्न काउन्सिलबाट अनुमति लिनुपर्छ।