उपराष्ट्रपतिलाई अश्लील गाली गर्ने आत्मरामको राहदानी निम्लबनका लागि सिफारिस, सीआईबीले लियो एक्सन

उपराष्ट्रपतिलाई अश्लील गाली गर्ने आत्मरामको राहदानी निम्लबनका लागि सिफारिस, सीआईबीले लियो एक्सन


काठमाडौं–नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जर्मनीमा रही सामाजिक सञ्जालमार्फत् उपराष्ट्रपति नन्दबहादुर पुन र माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ लगायतका नेतालाई अश्लील एवं अपशब्द गालीगलौज गर्नेविरुद्ध एक्सन लिएको छ।

 

सीआईबीले उपपराष्ट्रपतिसहितका नेताहरुलाई गालीबेइज्जती गर्ने धादिङ त्रिपु्रासुन्दरीका आत्मराम थपलियाको राहदानी निलम्बनका लागि राहदानी विभागलाई पत्राचार गरेको हो। थपलियाविरुद्ध साइबर क्राइमको मुद्दा परेपछि उनको राहदानी निलम्बनका लागि पत्राचार गरिएको सीआईबी प्रवक्ता एसपी मीरा चौधरीले काठमाडौंपाटीलाई जानकारी दिइन्।

 

 

थपलियाले गत साउन २ गते उपराष्ट्रपति पुनको चरित्र हत्या हुने गरी फेसबुकमा आपत्तिाजनक सामग्री पोस्ट गरेको भन्दै उपराष्ट्रपतिको स्वकीय सचिवालयले पत्र पठाएको थियो। प्रहरी महानिरीक्षकको सचिवालयले पक्राउ गर्ने आदेश दिएपनि उनी जर्मनीमा रहेकाले पक्राउ परेका थिएनन्।

 

 

जर्मनीमा विद्यावारिधिका क्रममा रहेका थपलियाले सामाजिक सञ्जालमा मनपरी लेख्न थालेपछि सीआईबीले एक्सन लिएको हो। उनको राहदानी रद्ध गरेर प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको हो।

 

 

थपलियालाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले प्रक्रिया अघि बढाएको छ। उनीविरुद्ध साइवरक्राइम अन्तर्गत मुद्दा चलाउने तयारी गरिएको छ।