पपुवान्युगिनी पठाइदिने भन्दै २७ लाख ठगी गर्ने कारागार चलान

पपुवान्युगिनी पठाइदिने भन्दै २७ लाख ठगी गर्ने कारागार चलान


काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी) ले  वेलकम इन्टरनेशलन एडुकेश फाउन्डेसनका हरिबहादुर पाण्डेलाई पक्राउ गरेको छ।

 

 

 

वैदेशीक रोजगारीका लागि पपुवान्युगिनी पठाइदिने भनी २७ लाख ४५ हजार ठगी गरेर फरार रहेका पाण्डेलाई सीआईबीले पक्राउ गरेको हो।

 

 

 

फरार रहँदै आएका पाण्डेविरुद्ध पीडितले वैदेशिक रोजगार न्यायाधीकरणमा उजुरी गरेका थिए।

 

 

२०७२ कात्तिक ३० गते न्यायाधीकरणले फैसला सुनाउँदै पाण्डेलाई २ वर्ष कैद तथा २ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।

 

 

 

पीडितसँग बुझेको रकमबाहेक सो सजाय भुक्तान गर्नुपर्ने निर्णय भएको थियो।

 

 

कसुर ठहरपछि फरार रहेका उनलाई सीआईबीले ३ गते बाँसबारी काठमाडौंबाट पक्राउ गरेको हो।

 

 

उनलाई डिल्लीबजार कारागार काठमाडौं चलान गरिएको छ ।